३० फागुन/अर्थ र व्यपार – एभरेष्ट बैंकले डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउने भएको छ । बैंकले यसका लागि वान प्वाइन्ट फाइनान्सियल सर्भिसेससँग सम्झौता गरेको छ।
वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बैंक तथा वित्तीय संस्थाहरुलाई एपीआई म्यानेजमेन्ट सिस्टम उपलब्ध गराउँदै आएको कम्पनी हो।
समझदारी पत्रमा बैंकका डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार वान प्वाइन्टले बैंकलाई एपीआई म्यानेजमेन्ट सिस्टम उपलब्ध गराउनेछ। यसबाट डिजिटल बैंकिङ सेवा सहज र सुरक्षित हुने बैंकद्धारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया