२७ फागुन/अर्थ र व्यापार – सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । महिला स्वास्थ्यमा योगदान प¥याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याइएको सो बैंकले जनाएको छ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, यस कार्डमार्फत गरिएको खरिदमा कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गरिनेछ ।
यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुकासाथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नकालगि सहयोग पुग्ने बैंकको विश्वास छ ।
तपाईको प्रतिक्रिया