२० फागुन/अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशालामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भइसकेको बैंकले जनाएको छ ।
यो नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको नयाँ शाखा कार्यालयको संख्या ३५६ पुगेको बैंकले जनाएको छ ।
देशभरि ३७९ एटीएम बुथ, २७५ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट ग्राहकहरूलाई सेवा प्रवाह गरिरहेको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया