logo

बैंकिङ क्षेत्रलाई आतंकित नबनाउन चार संस्थाको सयुक्त अपिल

    516   पटक पढिएको


१७ फागुन/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाका विभिन्न छाता संगठनहरुले एउटै स्वरमा बैंकिङ क्षेत्रमा भएको धरपकड र पक्राउले आतंकित बनेको भन्दै बैंकिङ क्षेत्रलाई आतंकित नबनाउन अपिल गरेका छन् ।
नेपाल बैंकर्स सघं, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्ता धरपकड र पक्राउले बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको जनाएका छन् । यि संस्थाहरुले यस्ता गतिविधीले मुलुकको बैंकिङ क्षेत्रमा थप चुनौती आउन सक्ने बताएका छन ।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुई जना पूर्व सिईओ सहित १० जना बैंकका कर्मचारी पक्राउ गरेपछि बुधबार संयुक्त विज्ञप्ति जारी गरेर यस्तो अपिल गरेका हुन् ।
‘प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ्ग क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरि रहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण उनीहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाईनु हुन्न भन्ने हाम्रो धारणा रहेको छ’ विभिन्न संस्थाद्धारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा हामी प्रतिवद्ध रहेका छौं । साथै, बैंकिङ्ग कसूरसंग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’हुनुपर्नेमा ‘पहिले थुन अनि सुनको’ को प्रक्रियाले बढावा पाएको भन्दै उनीहरुले यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पु¥याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने बताएका छन ।
बैंक तथा वित्तीय संस्थाहरुले चल अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको अधिनमा रही कर्जा प्रवाह गरिरहेको सो विज्ञप्तिमा उल्लेख छ ।
समस्त ग्राहकहरुको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यि संस्थाहरुले पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन सम्बन्धित निकायसँग माग गरेको छ ।
बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको, यसबाट यस क्षेत्रका कर्मचारीको मनोवल समेत खस्कन गएकाले राज्यका सम्बन्धित निकायहरु यस बिषयमा गम्भिर भईदिन आग्रह गरिएको सो विज्ञप्तिमा उल्लेख छ ।
‘कर्जा लगानीका सम्बन्धमा नियमकिय निर्देशनको परिधिभित्र रहि आ आफ्नो कर्जा नीति तथा कार्यविधि भित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम कारवाहीलाई नै आधारमानी हुने घरपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउन सक्ने भएकाले तत्कालै यस तर्फ गम्भीर भई दिन समेत हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।