logo

ग्लोबल आइएमई बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम, ३५ शाखामार्फत ४ हजारभन्दा बढी सहभागी

    711   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।
बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी विभिन्न ३५ शाखामार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।

विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४ हजारभन्दा बढी मानिसलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको सो बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो।

यस बैंकले भक्तपुरको मध्यपुर ठिमी, रसुवाको गोसाइकुण्ड गाँउपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिकामा यस्तो कार्यक्रम गरेको थियो ।
यसैगरी, बाग्लुङको ढोरपाटन, जैमिनी र बाग्लुङ नगरपालिका, पर्वतको कुश्मा, पोखरा महानगरपालिका, कपिलवस्तुको कपिलवस्तु, बाणगंङ्गा र शिवराज, दाङको घोराही, गुल्मीको रेसुङ्गा र इस्मा, नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, प्युठानको प्युठान नगरपालिका, रोल्पाको परिवर्तन र सुनिलस्मृति गाँउपालिका, रुपन्देहीको सैनामैना, बुटवल र तिलोत्तमा पनि यस्तो कार्यक्रम गरिएको सो बैंकले जनाएको छ ।

त्यसैगरी, डोटीको दिपायल सिलगढी, बोगटान फुड्सिल र पूर्वीचौकी, बाजुरको बढिमालिका, बैतडीको दशरथचन्द र पाटन, डडेल्धुराको अजयमेरु, कञ्चनपुरको भिमदत्त र कैलालीको धनगढीमा पनि कार्यक्रम गरिएको सो बैंकले जनाएको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदूर, विद्यार्थी लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।