logo

दुईजना पूर्व सिईओ सहित ११ जना पक्राउ परेपछि बैंकर्स संघको आकस्मिक बैठक: सबै बैंकर आतंकित, प्रहरीले कुरो नबुझेको निष्कर्ष

    768   पटक पढिएको


१६ फागुन/अर्थ र व्यापार – ओभर भ्यालुएसन गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्व बैंकर सहित ११ जनालाई पक्राउ गरेपछि बसेको बैंकर्स संघको आकस्कि बैठकले ‘बैंकिङ नम्स बुझाइमा कमजोरी भएको निष्कर्ष निकालेको छ।
मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तुलसीराम गौतम, मनोज न्यौपानेसहित १० जना बैंकरलाई समातेको थियो।
निक्षेपकर्ताको बचत रकम नै दुरुपयोग गरि सहकारी डुबाउने रवीन्द्र चौलागाईंको अनुसन्धान गरिरहेको सिआईबी ब्यूरोले उनको कम्पनीमा ऋण दिएको भन्दै बैंकरलाई समेत समातेको थियो ।
अहिले उनीहरुमाथि अनुसन्धान गर्न अदालतले सात दिनको समय दिएको छ। बैंकर पक्राउ परेपछि छाता संगठन संघले बुधबार बिहान आकस्मिक बैठक डाकेको थियो । सो बैठकमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ÷प्रतिनिधि सहभागी थिए । उनीहरुले सिआइबी ब्यूरोका अधिकृतसँग भेटेर बैंकिङ कसरी चल्छ भनेर बुझाउने निर्णय समेत गरेका छन्।
बैंकहरुले धितोबाहेक परियोजना, बिजनेस, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर राष्ट्र बैंकको नियमभित्र रही ऋण दिने गरेको बताउने गरेका छन्। बैंकर्स संघको सो बैठकमा प्रहरी र सरकारको आलोचना भएको थियो। बैठकमा उपस्थित बैंकरहरु आतंकित देखिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।