logo

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सिइओ गौतम सहित ११ जना पक्राउ

    684   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । उनी सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनी तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ थिए ।
उनीसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम पनि पक्राउ परेका छन् । उनीहरूसँगै १० जनालाई सीआईबीले नियन्त्रणमा लिएको छ । नेपाल राष्ट्र बैंकले उनलाई पक्राउ गर्नका पत्राचार गरेपछि सीआईबीले पक्राउ गरेको बुझिएको छ ।
उनीहरूले कमसल धितो राखेर बैंकिङ कसुर गरेको बताइएको छ । सेञ्चुरी बैंक र प्रभु बैंकबीच मर्जर भएपछि उनी डीसीईओ बनेका हुन् ।
न्यौपानेसँगै सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम पनि पक्राउ परेका छन्। उनीहरु बैंक ऋण हिनामिना आरोपमा पक्राउ परेका हुन्।
मनोज न्यौपाने प्रमुख कार्यकारी अधिकृत हुनुअघि गौतम सेञ्चुरीका प्रमुख कार्यकारी अधिकृत थिए। सेञ्चुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि मनोज वरिष्ठ डेपुटी सीइओ छन्।
मनोजसँगै अन्य चार जना बहालवाला कर्मचारी पनि पक्राउ परेका छन्। उनीहरु पनि सेञ्चुरीबाटै आएका कर्मचारी हुन्। दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी पक्राउ परेका हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले गौतम, न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ। न्यौपाने २०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। न्यौपानेले सेञ्चुरीमा हुँदा दिएको ऋणकै विषयलाई लिएर प्रहरीले पक्राउ गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।