१३ फागुन/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका – ५ मा थली शाखा र भक्तपुर नगरपालिका – १० मा कमलविनायक शाखा संचालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हाल २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया