logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्ने, १० वर्षमा परिपक्व हुने

    327   पटक पढिएको


२२ माघ/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी १ देखि ४ फागुनसम्म जारी गर्ने छ ।
यो समयमा बिक्री नभए १५ गतेसम्म बिक्री खुला राख्ने छ । बैंकले ‘१० प्रतिशत एनआइएमबी डिबेञ्चर २०९०’ नाम दिएर ऋणपत्र जारी गर्न लागेको हो । बैंकले वार्षिक १० प्रतिशतका दरले ब्याज दिने छ ।
निक्षेपको ब्याज दर घटिरहेका बेला बैंकले दोहोरो अंकमा भुक्तानी गर्ने छ। बैंकले कुल ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र जारी गर्ने छ। यसमध्ये एक अर्ब ६१ करोड ६० लाख रुपैयाँको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने छ।
बाँकी रहेको २ अर्ब ४३ करोड ४० लाख प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने छ। बैंकको एउटा ऋणपत्रको मूल्य १००० रुपैयाँ तोकिएको छ। आवेदन दिनेले कम्तिमा २५ कित्तासम्म दिनु पर्छ। बढीमा १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।