११ माघ/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरको भिन्दाभिन्दै दुई ठाउँमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो ।
नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको सो बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।
बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो । बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया