logo

प्राइम कमर्सियल बैंकको नाफा बढ्यो

    583   पटक पढिएको

७ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासमा एक अर्ब ६५ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा ३२.१४ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा घट्दा बैंकको नाफामा बढेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तीन अर्ब ५३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ४४ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी ५५ करोड ९० लाखबाट ८० करोड ३६ लाख पुगेको छ ।
आम्दानीमा संकुचन हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ५८ करोड ३२ लाख रुपैयाँबाट घटेर २८ करोड ११ लाख रुपैयाँ झरेको छ । खुद ब्याज आम्दानीमा वृद्धि र सम्भावित कर्जा नोक्सानीको प्रोभिजन घट्दा बैंकको सञ्चालन नाफासँगै नाफामा पनि वृद्धि भएको छ ।
पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा दुई अर्ब ३६ करोड २३ लाख रुपैयाँबाट ३२.०१ प्रतिशतले बढेर तीन अर्ब ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ ।
चालु आवको नाफामा उल्लेख्य सुधार भएपनि गत आर्थिक वर्षको सञ्चित नोक्सानीले बैंकको वितरणयोग्य मुनाफामा भने दबाब देखिएको छ ।
७२ करोड १५ लाख रुपैयाँ ब्याज उठाउन नसक्दा पनि पुससम्म बैंकले ७३ करोड ११ लाख रुपैयाँ वितरणयोय नाफा आर्जन गरेको छ । तर, गत आर्थिक वर्षको ६६ करोड ७० लाख रुपैयाँ सञ्चित नोक्सानीले पुस मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ मात्रै रहेको छ ।
चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुबैमा सुधार भएको छ । असार मसान्तमा एक खर्ब ७४ अर्ब ५ करोड ८० लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर दुई खर्ब ६ अर्ब २६ करोड १० लाख पुगेको छ ।
यस बैंकको कर्जा कर्जा एक खर्ब ५३ अर्ब ६ करोड ७९ लाख रुपैयाँबाट एक खर्ब ७० अर्ब ७३ करोड दुई लाख रुपैयाँमा पुगेको छ । नाफा बढेसँगै प्रतिसेयर आम्दानी १७ रुपैयाँ तीन पैसाबाट २२ रुपैयाँ ५० पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा र मूलय आम्दनी अनुपात ९.०२ गुणा रहेको छ ।
यसैगरी, बैंकको पूँजीकोष १२.४९ प्रतिशतबाट ११.९८ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.८१ प्रतिशतबाट ४.०७ प्रतिशत पुगेको छ । पुसमा बैंकको सीडी रेसियो ८३.९२ प्रतिशत, आधार दर १०.३८ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।