logo

सञ्चालन खर्च बढ्दा नबिल बैंकको नाफा घट्यो

    615   पटक पढिएको



७ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन अर्ब २० करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा तीन अर्ब ४१ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको यस बैंकको नाफा ६.२८ प्रतिशतले घटेको हो ।
बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमीसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीकालागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा पनि सामान्य मात्रै वृद्धि हुँदा पनि बैंकको नाफामा घटेको छ ।
बैंकको सञ्चालन खर्चमा उल्लेख्य वृद्धि भएकाले यसपाली नाफा प्रभावित भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाखमा पुगेको छ । यसैगरी, खुद फि तथा कमीसन आम्दानी एक अर्ब २८ करोड २८ लाखबाट एक अर्ब ४८ करोड ४४ लाख पुगेको छ ।
आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीकालागि गरेको प्रोभिजन १ अर्ब ८८ करोड ७६ लाख रुपैयाँबाट सामान्य बढेर एक अर्ब ९७ करोड १८ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च एक अर्ब ८५ करोड ९३ लाख रुपैयाँबाट बढेर दुई अर्ब ४९ करोड २४ लाख पुगेको छ ।
यसैगरी, अन्य सञ्चालन खर्च ७८ करोड २० लाखबाट बढेर ८९ करोड ४० लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो । पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८६ करोड १८ लाख रुपैयाँबाट ६.१८ प्रतिशतले घटेर चार अर्ब ५६ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
नाफा घटेको बैंकले एक अर्ब ४ करोड ९० लाख रुपैयाँ व्याज उठाउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ९६ करोड ९५ लाख वितरणयोगय मुनाफा आर्जन गरेकोमा गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित नाफासहित एक अर्ब ८ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।
चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुवैमा सुधार भएको छ । असार मसान्तमा तीन खर्ब ९६ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर चार खर्ब २८ अर्ब ८३ करोड ५ लाख पुगेको छ ।
यसैगरी, बैंकको कर्जा तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख रुपैयाँबाट तीन खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसाबाट घटेर २३ रुपैयाँ ७४ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा र मूल्य आम्दनी अनुपात २०.८३ गुणा रहेको छ ।
त्यसैगरी, बैंकको पुँजीकोष १२.५३ प्रतिशतबाट ११.५४ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात १.४६ प्रतिशतबाट २.४० प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८४.९५ प्रतिशत, आधार दर ९.०७ प्रतिशत र औसत स्प्रेड दर ४ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।