४ माघ/अर्थ र व्यापार– कामना सेवा विकास बैंकको खुद नाफामा सुधार आएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा सुधार देखिएको हो।
बैंकले पुस मसान्तसम्म २५ करोड ८९ लाख खुद नाफा आर्जन गरेको जनाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी घटेपनि संचालन नाफा तथा खुद फि एण्ड कमिसनमा सुधार देखिएको छ । यसका साथै प्रोभिजन रकम पनि घटेको छ । निक्षेप बढ्दा एनपीएल सामान्य घटेको छ ।
यसैगरी, बैंकको खुद फि एण्ड कमिसन आम्दानी २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ । यो आम्दानी गत वर्षको ६ महिनामा ९ करोड ८० लाख थियो । सञ्चालन आम्दानी ३२.२४ प्रतिशतले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ ।
नाफा बढ्दा यस बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ । दोस्रो त्रैमास सम्म यस बैंकको प्रतिसेयर आम्दानी १५.७८ रुपैयाँ छ । गत वर्ष १४.४७ रुपैयाँ थियो ।
तपाईको प्रतिक्रिया