२९ पुस/अर्थ र व्यपार – समृद्धि फाइनान्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौंडास्थित होटल एभोकाडोमा भएको साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समुहबाट निर्वाचित रामकुमार बर्तौलालाइ नियुक्त गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आव २०८०/८१ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल सहित पारित गरेको छ ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।
तपाईको प्रतिक्रिया