logo

नबिल बैंकको साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित

    663   पटक पढिएको


१२ पुस/अर्थ र व्यापार – नबिल बैंकको वार्षिक साधारणसभाले शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा गरेको ६ अर्ब ४० करोड नाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो।
३९ औं साधारणसभाले सो नगद लाभांशको प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले स्थापनाकालको चुक्ता पुँजी हालसम्म आउँदा ९६० गुनाले बढेको बताए ।
उनले विगतमा बाँडिएको नगद लाभांश तथा बजार पुँजीकरण तथा सम्पत्तिमा भएको अभिबृद्धि अनुसार बैंकको चुक्ता पुँजीमा यति ठूलो मात्रामा बृद्धि भएको उनको भनाई छ ।
बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए। बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम संचालन गरेको जनाएको छ ।
यस कार्यक्रमअन्तर्गत हालसम्म तीन सय ३५ विद्यार्थीहरु सहभागी भएको र यस कार्यक्रमबाट ५२ वटा उद्यम जन्मिएको र आठ सय ७२ जनाले रोजगारी पाएको पनि बैंकले जनाएको छ ।
बैंकले देशभर दुईसय ६६ शाखा संजालसहित २२ वटा एक्सटेन्सन काउन्टर तथा तीन सय १३ एटिएम मेसिनबाट बैंकिङ सेवा दिँदै आएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।