logo

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन ,एक घण्टा भित्रै ऋण पाइने

    684   पटक पढिएको


१२ पुस/अर्थ र व्यापार – नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो ।

यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण दिइने सो बैंकले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ ।
यसैगरी, सुनको लागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको भन्दै सो बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकता पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ ।
नबिल बैंकले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट यो लोन लिन सकिने छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने सो बैंकले जनाएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक भएको सो बैंकले जनाएको छ । यस बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।