१२ पुस/अर्थ र व्यापार – प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन् । बुधबार बागलुङ उद्योग वाणिज्य संघद्धारा आयोजित सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले प्रभु बैंकका सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गरेका थिए ।
प्रभु बैंकको सिईको रुपमा सफल नेतृत्व गरेको र बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै शेरचनलाई सम्मान गरिएको हो । बागलुङमा जन्मेका शेरचन यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन् । बैंकिंग क्षेत्रमा उनको २८ बर्षको अनुभव छ । शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको थियो ।
तपाईको प्रतिक्रिया