logo

बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न सर्वोत्तमलाई सेबोनको अनुमति

    717   पटक पढिएको


११ पुस/अर्थ र व्यापार – बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
सो कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्नेछ । सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१।५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो ।
सो बोलकबोलमा ४०१ रुपैयाँ कटअफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो । बुक विल्डिङमार्फत आइपीओ बिक्री गर्न संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कटअफ मूल्यबाट १०५ घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही आधारमा कायम भएको मूल्यमा आइपीओ बिक्री गर्न सर्वोत्तमले बोर्डबाट अनुमति पाएको हो । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।