logo

सर्वसाधारणमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउन हिमालयन बैंकले एफपीओ जारी गर्ने

    641   पटक पढिएको


८ पुस/अर्थ र व्यापार – हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी २९ पुसका लागि साधारणसभा आह्वान गर्दै सो सभामा प्रिमियम थप गरी एफपीओ जारी गर्नेगरी विशेष प्रस्ताव लैजाने भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ । तर, हिमालयन बैंकद्वारा सर्वसाधारणमा जारी सेयर हिस्सा ३० प्रतिशत भन्दा कम छ । बैंकले एफपीओ जारी गरी सर्वसाधारणका लागि जारी हुनुपर्ने न्यूनतम ३० प्रतिशत सेयर हिस्सा पुर्याउने भएको हो ।

तत्कालीन सिभिल बैंकलाई गाभ्नुअघि हिमालयनमा जम्मा १५ प्रतिशत मात्रै सर्वसाधारणको सेयर हिस्सा थियो । एफपीओ जारी गरेपछि संस्थापकहरुको सेयर हिस्सा घट्न गई सर्वसाधारणको सेयर हिस्सा बढ्नेछ । सर्वसाधारणलाई जारी गरिने सेयर संख्या, प्रिमियम मूल्य निर्धारणका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेगरी विशेष प्रस्ताव साधारणसभामा लगिने बैंकले जनाएको छ ।
साधारणसभाबाट सञ्चालक समितिले अख्तियारी पाएपछि मात्रै सर्वसाधारणमा जारी हुने एफपीओको सेयर संख्या सञ्चालक समितिले निर्धारण गर्नेछ । बैंकले यस पटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । त्यस्तै साधारण सभामा संस्थापक सेयरधनीका तर्फबाट ५ जना सञ्चालक र साधारणसेयर धनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन समेत हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।