logo

सर्वसाधारणमा ३० प्रतिशत सेयर हिस्सा पुर्याउन हिमालयन बैंकले एफपीओ जारी गर्ने

    791   पटक पढिएको


८ पुस/अर्थ र व्यापार – हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी २९ पुसका लागि साधारणसभा आह्वान गर्दै सो सभामा प्रिमियम थप गरी एफपीओ जारी गर्नेगरी विशेष प्रस्ताव लैजाने भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ । तर, हिमालयन बैंकद्वारा सर्वसाधारणमा जारी सेयर हिस्सा ३० प्रतिशत भन्दा कम छ । बैंकले एफपीओ जारी गरी सर्वसाधारणका लागि जारी हुनुपर्ने न्यूनतम ३० प्रतिशत सेयर हिस्सा पुर्याउने भएको हो ।

तत्कालीन सिभिल बैंकलाई गाभ्नुअघि हिमालयनमा जम्मा १५ प्रतिशत मात्रै सर्वसाधारणको सेयर हिस्सा थियो । एफपीओ जारी गरेपछि संस्थापकहरुको सेयर हिस्सा घट्न गई सर्वसाधारणको सेयर हिस्सा बढ्नेछ । सर्वसाधारणलाई जारी गरिने सेयर संख्या, प्रिमियम मूल्य निर्धारणका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेगरी विशेष प्रस्ताव साधारणसभामा लगिने बैंकले जनाएको छ ।
साधारणसभाबाट सञ्चालक समितिले अख्तियारी पाएपछि मात्रै सर्वसाधारणमा जारी हुने एफपीओको सेयर संख्या सञ्चालक समितिले निर्धारण गर्नेछ । बैंकले यस पटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । त्यस्तै साधारण सभामा संस्थापक सेयरधनीका तर्फबाट ५ जना सञ्चालक र साधारणसेयर धनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन समेत हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।