८ पुस/अर्थ र व्यापार – नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित भएका छन् । संघको ३७ औं बार्षिक साधारणसभाले विभिन्न ५ बैंकका सीईओहरुलाई कार्यसमिति सदस्यमा निर्वाचत गरेको हो ।
संघको शनिबार सम्पन्न साधारण सभाले सदस्यहरूमा प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राईम कमर्सियल बैकका सीईओ सन्जिव मानन्धर, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ र सिद्वार्थ बैंकका सीईओ सुन्दर कँडेलचयन भई थपिएका हुन ।
सो साधारण सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूले उद्योग व्यवसाय संचालनभन्दा पनि कागजमा व्यवसाय देखाएर कर्जा लिएका कारण समस्या सिर्जना भएको बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जग्गाको हदबन्दीका कारण बैंकहरुलाई एनबिए ब्यवस्थापनमा समस्या आएको बताए । संघको ३७ औं साधारणसभामा संघका अध्यक्ष केसीले पछिल्लो समय मालपोत कार्यालयहरुले बैंकहरुलाई पनि जमीनको हदबन्दी लाग्ने भन्दै पत्र काट्न थालेको र त्यसले बैकिङ क्षेत्रमा थप समस्या उत्पन्न गरेको बताए ।
तपाईको प्रतिक्रिया