logo

गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    753   पटक पढिएको


८ मंसिर/अर्थ र व्यापार – एक्सेस टु अल मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नवीनतम डिजिटल बंैकिङ सेवाप्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले बिहीबार आफ्नो स्थापनाकालको १६औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा निरन्तर साथ दिने आफ्ना सेवाग्राही, सेयरधनी , नियमनकारी निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति हार्दिक कृतज्ञता प्रकट गरेको सो बैंकले जनाएको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले नेपालका विभिन्न सहरी तथा ग्रामीण जिल्लामा १२३ शाखा कार्यालय र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवाप्रवाह गरिरहेको छ ।
हाल प्रकाशित चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानीमा रहेको जनाएको छ । करिब ८ लाख ग्राहकलाई सेवा पु¥याइरहेको यस बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको बताएको छ ।

सो बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा देशको संघिय राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको जनाएको छ । वार्षिकोत्सवकै अवसरमा रक्तदान लगायत विविध कार्यक्रम गरिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।