७ मंसिर/अर्थ र व्यापार– माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा.उपेन्द्र महतोले राजीनामा दिएका छन् ।
७ मंसिरमा उनले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष समेत हुन् ।
महतोको राजीनामा समितिले स्वीकृत गरेको सो बैंकले जनाएको छ । बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । केसी पोखरा महानगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।
तपाईको प्रतिक्रिया