२३ कात्तिक/अर्थ र व्यापार – एभरेष्ट बैंकले जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्प पीडितहरुलाई २५ लाख सहयोग गर्ने भएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको २५ लाख रुपैयाँ रकम भुकम्प पीडितहरुलाई सहयोग गरेको हो ।
यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने बताएको छ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
बैंकले आफ्नो १ सय २७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसमेस मार्फत बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया