२१ कात्तिक/अर्थ र व्यापार – सानिमा बैंकले गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुकालागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
सो बैंकले विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि सो क्षेत्रमा सहायता पुग्ने भन्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको बताएको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालित छन ।
तपाईको प्रतिक्रिया