२० कात्तिक/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा पीडित भएकाहरूलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
आइतबार एक विज्ञप्ति प्रकाशित गरी सिबिफिनले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमार्फत तत्कालका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको हो ।
साथै बैंक तथा वित्तीय संस्थाहरूलाई भूकम्पपीडितहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया