logo

गरिमा विकास बैंकले जित्यो कामना सेवा फुटसल कपको उपाधी

    538   पटक पढिएको


२० कात्तिक/अर्थ र व्यापार – कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप प्रतियोगिता २०८० को उपाधी गरिमा विकास बैंकले जितेको छ ।
पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै सो उपाधी जितेको हो ।
उपाधी जित्ने क्रममा गरिमा विकास बंैकले सेमिफाईनल खेलमा प्रभु बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ३–१ र फाईनल खेलमा बलियो प्रतिद्वन्द्वीमा माछापुच्छे बैंक लिमिटेडलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ १२ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता टिमलाई कामना सेवा बैंकको तर्फवाट ट्रफि, मेडल, प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेको गरिमा विकास बैंकका खेलाडि सौगात दिप सिंह उत्कृष्ट गोलकिपर र विशाल बानिँया उत्कृष्ट खेलाडि घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।