१४ कात्तिक/अर्थ र व्यापार – सिद्धार्थ बैंकले आगामी ५ मंसिरका लागि सााधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले सार्वजनिक सूचनामार्फत साधारणसभा बोलाएको हो ।
काठमाडौको बालुवाटारस्थित अम्रपाली बैंक्वेटमा हुने साधारणसभाले घोषित ४.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सो लाभांश पारित भएपछि मात्रै सेयर लगानीकर्ताले पाउने छन् ।
साधारणसभाका लागि सो कम्पनीले आगामी २१ कात्तिकमा सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । यसको अर्थ कम्पनीको लाभांश पाउनका लागि सोको अघिल्लो दिन अर्थात २० कात्तिकसम्म कायम रहेका सेयरधनी मात्रै हकदार हुने छन् ।
आगामी २० कात्तिकसम्म सेयर कायम रहेका सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।
तपाईको प्रतिक्रिया