logo

माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा आकर्षक योजना सार्वजनिक

    861   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार – माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा माछापुच्छ्रे बैंक स्थापना भएको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति, प्रगति र सम्वृद्धिका लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत दिए । महतोले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै ग्राहकहरुलाई थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनीय ढंगले जिम्मेवारी बोध गर्दै देशको आर्थिक विकासमा टेवा पु¥याउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार क्यासब्याक लगायतका अफरहरु सार्वजनिक गरिएको हो । जसको उपयोग डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत २ जना फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट र १ जनाले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । यसैगरी, एमबिएल एम स्मार्टबाट फोन पे बिलमाफर्त बिल भुक्तानी गर्दा एक जना भाग्याशाली ग्राहकले निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् ।

यो अफर १५ देखि ३० असोजसम्म लागु हुने बैंकले जनाएको छ । यसैगरी, बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्म (५२३ र ७२३ रुपैयाँ)को क्यासब्याक , नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्म (२२३ रुपैयाँ) को क्यासब्याक, सिटीटेकको ३ जना फिनपोस मर्चेन्टले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेलट्रोन प्रालिले १

भाग्यशाली मर्चेन्टलाई सीजी टिभी र सेलट्रोन मार्फत हनर फोन पाउन सक्नेछन् । मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेका छन् । यो योजना १ असोजदेखि सुरु भएर १७ असोजमा मात्र लागु हुने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।