logo

प्रस्तावित लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा

    684   पटक पढिएको


८ असोज/अर्थ र व्यापार – सानिमा बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारण सभा आहृवान गरेको छ । बैंकले आगामी २ कात्तिकमा काठमाडौंको कुण्डलिनी दरबार ब्यान्केटमा आफ्नो १९ औं वार्षिक साधारणसभा बोलाएको हो ।
सोही साधारण सभामा बैंकको साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी ५.७० प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरी पारित गर्नेछ ।
यसैगरी, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित गत असार मसान्तको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबसहित सोही अवधिको नगद प्रवाहको विवरण पनि बैंकको साधारण सभाले पारित गर्नेछ ।
यस्तै, बैंकको बोनस सेयर जारी गरेपछि पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव बैंकले साधारण सभामा लैजाने बताएको छ ।
बैंकले साधारण सभाको लागि आगामी २२ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जस अनुसार आगामी १५ असोजसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् । सोही मितिसम्म कायम सेयरधनी साधारण सभामा सहभागि हुन सक्ने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।