८ असोज/अर्थ र व्यापार – एभरेष्ट बैंकले नगद र बोनस सेयर पारित गर्ने एजेण्डासहित वार्षिक साधारणसभा डाकेको छ । बैंकले ३० असोजमा वार्षिक साधारणसभा डाकेको हो।
बैंकले १० प्रतिशत बोनस सेयर दिने छ । बैंकले १०.५३ प्रतिशत नगद पनि प्रस्ताव गरेको छ । एभरेष्ट बैंकको अहिले चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि १ अर्ब ६ करोड रुपैयाँले चुक्ता पुँजी बढ्ने सो बैंकले जनाएको छ ।
बैंकले साधारणसभा प्रयोजनका लागि आगामी १६ असोजमा बुकक्लोज गर्ने छ । अघिल्लो दिनसम्म सेयर खरीद गर्नेले साढे २० प्रतिशत लाभांश पाउने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया