८ असोज/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेशनलले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ जारी गर्न लागेको हो।
बैंकले १७ देखि २१ असोजसम्म ऋणपत्र निष्कासन गर्ने छ । यसभित्र बिक्री भएन भने १ कात्तिकसम्म बिक्री खुला हुने छ ।
बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने छ । वार्षिक ब्याज १० प्रतिशत दिने छ । कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता ‘प्राइभेट प्लेसमेन्ट’ र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ ।
ऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ छ । यसमा कम्तिमा २५ कित्ता र अधिकतम सबै कित्ता खरिद गर्न सकिने छ ।
तपाईको प्रतिक्रिया