२९ भदौ/अर्थ र व्यापार – एभरेष्ट बैंकले गत आर्थिक वर्षका लागि २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले अघिल्लो पटक २०.६८ प्रतिशत लाभांश दिएको थियो।
बैंकको सञ्चालक समितिले यसपालि १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बाँकी १०.५३ प्रतिशत नगद लाभांश हो ।
बैंकले हाल कायम चुक्ता पुँजीमा सो लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ ।
प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँले बढ्नेछ ।
लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै बैंकको साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ ।
तपाईको प्रतिक्रिया