२९ भदौ/अर्थ र व्यापार – सानिमा बैंकको लाभांश दर बढेको छ । बैंकले गत आर्थिक वर्षका लागि १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकका लगानीकर्ताले पोहोर १०.९८ प्रतिशत लाभांश पाएका थिए ।
बैंकले लाभांशबाटै चक्ता पुँजी पनि वृद्धि गर्ने भएको छ । प्रस्तावित लाभांशमध्ये ९ प्रतिशत बोनस सेयर हो । बाँकी ५.७ प्रतिशत नगद दिने निर्णय बैंकको सञ्चालक समितिले गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ । ९ प्रतिशत बोनस सेयर थपिँदा चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँले बढ्नेछ । लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।
तपाईको प्रतिक्रिया