२६ भदौ/अर्थ र व्यापार – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुटसहितको सेवा पाउने भएका छन्। बैंक र हस्पिटलबीच सो सम्बन्धमा सम्झौता भएको हो।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ ।
यसबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
तपाईको प्रतिक्रिया