logo

एनआइसी एसियाको ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ योजना सार्वजनिक

    865   पटक पढिएको


२२ भदौ/अर्थ र व्यापार – एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत हरेक साता एक भाग्यशाली मोबाइल बैंकिङ ग्राहकले सो बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन् ।
गत १७ भदौदेखि २० असोजसम्म लागू हुने अफरअन्तर्गत एकजना ग्राहकलाई साता सकिएपछि (आइतबार–शनिबार) ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने बैंकले जनाएको छ । विजेताको जानकारी एनआइसी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरिनेछ।
फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर ‘अदर ब्यांक्स युजिङ क्नेक्ट आइपिएस’ छनोट गर्नुपर्छ ।
यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।