logo

मुक्तिनाथ कृषि कम्पनीका ५ कृषि संरचनाको डिजिटल उद्घाटन, कृषि विकासका लागि निजी क्षेत्रको प्रयास

    783   पटक पढिएको

१८ भदौ/अर्थ र व्यापार – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ५ वटा कृषि संरचनाहरुको डिजिटल उद्घाटन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा लगायत उपस्थित कार्यक्रममा संरचना उद्घाटन गरिएको हो।
कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीलाई देशव्यापी रुपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले कृषि संरचनाहरुको उद्घाटन गरिएको हो।

कम्पनीले इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित ‘प्रादेशिक कार्यालयहरु’ उद्घाटन गरेको छ । स्याङ्जा र चितवनमा अवस्थित ‘फार्म उत्कृष्टता केन्द्र’, कृषिमा लगानी प्रवद्र्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र,’ कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’ को उद्घाटन गरिएको हो।
कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।

कम्पनीको मुख्य प्रवर्धक मुक्तिनाथ विकास बैंक छ भने साथमा विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी छ । कम्पनीले ५ वर्षदेखि कृषिको समग्र मूल्य शृंखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यतः कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनका लागि संस्थागत संरचनाहरुको विकासको सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।