logo

माछापुच्छ्रे बैंकका सेयरधनीलाई १४ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयरसँगै नगद

    138   पटक पढिएको


१३ भदौ/अर्थ र व्यापार – माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको संचालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सो लाभांशमध्ये बैंकले १३.३० प्रतिशत बोनस सेयर वितरण गर्ने छ भने चुक्ता पुँजीको ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुलाई वितरण गरिने छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड छ ।
बैंकले यसअघि आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट लगानीकर्ताहरुलाई १४ प्रतिशत लाभांश बाँडेको थियो । आव २०७८÷७९ को नाफाबाट भने बैंकले लगानीकर्तालाई प्रतिफल वितरण गरेको थिएन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।