१० भदौ / अर्थ र व्यापार- ग्रिन डेभलपमेन्ट बैंकको ११ औं बार्षिकोत्सवको उपलक्ष्यमा दमौली शाखाद्वारा नुरि हनिफ स्लामिक मदर्सालाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बैंकको स्थापना दिवसको अवसरमा दमौली शाखाद्वारा मुस्लिम समुदायको मदरसालाई शैक्षिक सामाग्री वितरण गरिएको बैंकका शाखा प्रवन्ध सुदिप न्यौपानेले बताए ।
बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उधमशिलतासँग सम्बन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखि विभिन्न कर्जा उपलब्ध गराउँदै जाने, नेपाल सरकारबाट व्याज अनुदान प्राप्त हुने सहुलियतपुर्ण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलब्धि हाँसिल गर्ने बैंकका प्रमुख कार्यकारि अधिकृत हरिबहादुर वुढाथोकिले वताए ।
तपाईको प्रतिक्रिया