logo

वाणिज्य बैंकहरुले सार्वजनिक गरे भदौका लागि नयाँ ब्याजदर, साउनको भन्दा ब्याजदर बढ्यो

    577   पटक पढिएको


३२ साउन/अर्थ र व्यापार – बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा केही बढेको छ भने कुनैको मात्र घटेको छ । केही बैंकले मात्र साउनको ब्याजदरलाई निरन्तरता दिएका छन् ।
केही बैंकले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् ।
वाणिज्य बैंकहरुले लामो समयदेखिको भद्र सहमति अन्त्य गरेपछि साउनदेखि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार अहिले विभिन्न बैंकहरुले भदौकालागि नयाँ व्याजदर कायम गरेका हुन ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घट्दा ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ ।
यसैगरी, १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंक, कुमारी बैंक, सिटिजन बैंक, कृषि विकास बैंक, सानिमा बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंक रहेका छन् । यी बैंकहरुले भदौ महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् । संस्थागत तर्फ अधिकतममा ८.८९६ प्रतिशतका दरले नयाँ व्याजदर कायम गरेका छन ।

यसैगरी, लक्ष्मी सनराइज बैंकको मुद्दति निक्षेपमा १०.४, संस्थागत तर्फ ७.९९, नबिल बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा १०.४९ र संस्थागततर्फ ८.४९, प्राइम बैंकको व्यक्तिगततर्फ १०.५ र संस्थागत तर्फ ८.५, एभरेष्ट बैंकको व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत व्याजदर कायम भएको छ । त्यसैगरी, प्रभु बैंकको संस्थागततर्फ १० र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर रहेको छ ।

साउनको तुलनामा भदौमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक , स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । एनएमबि बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत , नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत , संस्थागततर्फ ७.९९ प्रतिशत , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत व्याजदर रहेको छ ।

यस्तै, हिमालयन बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत , संस्थागततर्फ ७.९९ प्रतिशत , सिद्धार्थ बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत , माछापुच्छ्रे बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत व्याजदर तोकिएको छ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ तथा स्टयान्डर्ड चार्टर्ड बैंकको ब्याजदर व्यक्तिगततर्फ ८.९२ र संस्थागततर्फ ६.९२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।