logo

वाणिज्य बैंकहरुले सार्वजनिक गरे भदौका लागि नयाँ ब्याजदर, साउनको भन्दा ब्याजदर बढ्यो

    955   पटक पढिएको


३२ साउन/अर्थ र व्यापार – बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा केही बढेको छ भने कुनैको मात्र घटेको छ । केही बैंकले मात्र साउनको ब्याजदरलाई निरन्तरता दिएका छन् ।
केही बैंकले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् ।
वाणिज्य बैंकहरुले लामो समयदेखिको भद्र सहमति अन्त्य गरेपछि साउनदेखि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार अहिले विभिन्न बैंकहरुले भदौकालागि नयाँ व्याजदर कायम गरेका हुन ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घट्दा ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ ।
यसैगरी, १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंक, कुमारी बैंक, सिटिजन बैंक, कृषि विकास बैंक, सानिमा बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंक रहेका छन् । यी बैंकहरुले भदौ महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् । संस्थागत तर्फ अधिकतममा ८.८९६ प्रतिशतका दरले नयाँ व्याजदर कायम गरेका छन ।

यसैगरी, लक्ष्मी सनराइज बैंकको मुद्दति निक्षेपमा १०.४, संस्थागत तर्फ ७.९९, नबिल बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा १०.४९ र संस्थागततर्फ ८.४९, प्राइम बैंकको व्यक्तिगततर्फ १०.५ र संस्थागत तर्फ ८.५, एभरेष्ट बैंकको व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत व्याजदर कायम भएको छ । त्यसैगरी, प्रभु बैंकको संस्थागततर्फ १० र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर रहेको छ ।

साउनको तुलनामा भदौमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक , स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । एनएमबि बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत , नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत , संस्थागततर्फ ७.९९ प्रतिशत , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत व्याजदर रहेको छ ।

यस्तै, हिमालयन बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत , संस्थागततर्फ ७.९९ प्रतिशत , सिद्धार्थ बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत , माछापुच्छ्रे बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत व्याजदर तोकिएको छ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ तथा स्टयान्डर्ड चार्टर्ड बैंकको ब्याजदर व्यक्तिगततर्फ ८.९२ र संस्थागततर्फ ६.९२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।