३० साउन/अर्थ र व्यापार– महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्युरेन्स इन्टिच्युट अफ नेपालले अवार्ड प्रदान गरेको हो ।
यस बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको सो बैंकले जनाएको छ । सोमबार राजधानीमा सम्पन्न एक कार्यक्रमका बीच बैंकलाई सो अवार्ड प्रदान गरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई सो अर्वाड हस्तान्तरण गरेका हुन ।
तपाईको प्रतिक्रिया