logo

नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीको पारिश्रमिकमा ७६% वृद्धि

    577   पटक पढिएको


२६ साउन/अर्थ र व्यापार – बैंकको जागिर सेवा सुविधाका हिसाबले आकर्षक मानिन्छ । त्यसैले पनि बैंकको जागिर खाने या बैंकर बन्ने चाहना धेरैमा हुन्छ । मेहनतका हिसाबले बैंकको जागिर सजिलो छैन ।
बैंकहरुले दैनिक ८–१० घण्टा काममा लगाउँछन् र त्यसबापत आकर्षक पारिश्रमिक पनि भुक्तानी गर्छन् । त्यसैले पनि मेहनत अनुसार पारिश्रमिक प्राप्त हुने भएकाले बैंकको जागिर अधिकांशको रोजाइमा पर्छ ।
गत आर्थिक वर्षमा बैंकहरुले कर्मचारीको सेवा सुविधामा ठूलो रकम खर्च गरेका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकले गत वर्ष कर्मचारीको पारिश्रमिकमा ४ अर्ब ५३ करोड खर्च गरेको छ ।
यो रकम अघिल्लो वर्षको भन्दा ११.१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले कर्मचारीको पारिश्रमिकमा ४ अर्ब ८ करोड खर्च गरेको थियो । नबिल बैंकले भने कर्मचारीको सेवा सुविधा गत वर्ष ७६.४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ अर्ब २३ करोड खर्च गरेको बैंकले गत वर्ष ३ अर्ब ९४ करोड खर्च गरेको हो ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैंकले पनि कर्मचारीको सेवा सुविधामा ७६.१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो वर्षको १ अर्ब ४९ करोडबाट बढाएर २ अर्ब ६३ करोड रुपैयाँ पु¥याएको हो ।

कर्मचारीमा सबैभन्दा धेरै खर्च गर्ने अर्को बैंक सरकारी राष्ट्रिय वाणिज्य बैंक हो । यो बैंकले अघिल्लो वर्ष २ अर्ब ७७ करोड खर्च गरेकोमा गत वर्ष ३१.३ प्रतिशतले बढाएर ३ अर्ब ६४ करोड रुपैयाँ पु¥याएको छ ।
सरकारी स्वामित्वको अर्को वित्तीय संस्था नेपाल बैंकले पनि ५९.२ प्रतिशतले बढाएको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब १६ करोड खर्च गरेकोमा गत वर्ष ३ अर्ब ४४ करोड खर्चिएको हो ।
यसैगरी, ग्लोबल आइएमई बैंकले गत वर्षको भन्दा २२.१ प्रतिशतले बढाएर २ अर्ब ७९ करोडबाट ३ अर्ब ४१ करोड पु¥याएको छ भने प्रभु बैंकले ३१.४ प्रतिशतले बढाएर २ अर्ब ५१ करोडबाट ३ अर्ब ३० करोड पु¥याएको छ ।
बैंकहरुले जारी गरेको गत वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कृषि विकास बैंकले कर्मचारीको सेवा सुविधामा गरेको खर्च भने १३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ६० करोड खर्च गरेको बैंकले गत वर्ष ३ अर्ब १२ करोडले पु¥याएको हो ।
सिद्धार्थ बैंकले ५.९ प्रतिशतले बढाएर २ अर्ब ३९ करोडबाट २ अर्ब ५४ करोड पु¥याएको छ भने कुमारी बैंकले १७.१ प्रतिशतले बढाएर २ अर्ब ८ करोडबाट २ अर्ब ४३ करोड बनाएको छ । त्यस्तै एनएमबी बैंकले ७.६ प्रतिशतले बढाएर २ अर्ब २१ करोडबाट २ अर्ब ३८ करोड पु¥याउँदा हिमालयन बैंकले ४३ प्रतिशतले बढाएर १ अर्ब ३९ करोडबाट २ अर्ब पु¥याएको छ ।
बैंकहरुको असारसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार माछापुच्छ्रे बैंकले १२.३ प्रतिशतले बढाएर १ अर्ब ७६ करोडबाट १ अर्ब ९७ करोड बनाएको छ भने एभरेस्ट बैंकले १.६ प्रतिशतले बढाएर १ अर्ब ८० करोडबाट १ अर्ब ८३ करोड पु¥याएको छ ।
यसैगरी, एसबिआई बैंकले ७.९ प्रतिशतले बढाएर १ अर्ब ६६ करोडबाट १ अर्ब ८० करोड बनाउँदा सिटिजन्स बैंकले १ अर्ब ५८ करोडबाट ७.२ प्रतिशतले बढाएर १ अर्ब ७० करोड पु¥याएको छ । लक्ष्मी सनराइज बैंकले १०.६ प्रतिशतले १ अर्ब ४६ करोडबाट १ अर्ब ६१ करोड बनाएको छ भने सानिमा बैंकले १२.८ प्रतिशत बढाएर १ अर्ब ३४ करोडबाट १ अर्ब ५१ करोड रुपैयाँ पु¥याएको छ ।
प्राइम कमर्सियल बैंकले गत वर्ष कर्मचारीको सेवा सुविधामा ८.५ प्रतिशतको वृद्धि गरेको छ । प्राइमले अघिल्लो वर्ष १ अर्ब ३९ करोड खर्च गरेकोमा गत वर्ष १ अर्ब ५१ करोड खर्च गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४ करोडबाट १५ प्रतिशत बढाएर १ अर्ब २० करोड पु¥याएको छ । बैंकहरुले यसबाहेक कर्मचारीलाई क्षमताअनुसार बोनस उपलब्ध गराउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।