१९ साउन/अर्थ र व्यापार – एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ का इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गरिने भएको छ ।
एनआईसी एशिया क्यापिटल सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को प्रतिफल घोषणा गरेको हो ।
सो प्रतिफल १९ साउनसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरी इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय भएको गरिएको क्यापिटलका सीईओ रामेन्द्र रायमाझीले जनाएका छन् ।
तपाईको प्रतिक्रिया