१९ साउन/अर्थ र व्यापार – सिद्धार्थ बैंकले ९.९१ प्रतिशतले खुदा नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ३ अर्ब १९ करोड रुपैयाँ पुगेको जनाएको छ ।
बैंकको खराब ऋण वृद्धिका बाबजुत नाफामा सुधार देखिएको हो। बैंकको खुद ब्याज आम्दानी पनि २४ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १७ करोड रुपैयाँ छ ।
बैंकले ३ प्रतिशतले ऋण बढाएर एक खर्ब ८४ अर्ब पुर्याएको छ भने निक्षेप १६.७६ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब ऋण १.०७ बाट बढेर २.०१ प्रतिशत पुगेको छ ।
तपाईको प्रतिक्रिया