१२ असार/अर्थ र व्यापार – सानिमा बैंकले ग्राहकहरूका लागि सानिमा ‘पाँच इन वान’ खाता सेवा सार्वजनिक गरेको छ ।
सानिमा ‘फाइभ इन वान’ खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो।
यसअन्तर्गत ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी आस्वा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।
सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो।
यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटमा उपलब्ध ‘फाइभ इन वान’ अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सी आस्वा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।
तपाईको प्रतिक्रिया