१० साउन/अर्थ र व्यापार – प्रभु बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् । रेष्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवामा उपलब्ध गराउने छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच ८ साउनमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले हस्ताक्षर गरे।
प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक एवम् बैंकका कर्मचारीहरुले सो रेष्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने छ ।
तपाईको प्रतिक्रिया