logo

विद्युतीय भुक्तानी गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

    806   पटक पढिएको

३२ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने क्रममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्लो समय अनधिकृत व्यक्तिहरुले आफू बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भन्दै ग्राहकहरुलाई ठगिरहेको घटना दोहोरिरहेको भन्दै विद्युतीय भुक्तानी गर्ने समयमा सतर्क रहन राष्ट्र बैंकले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो।

आफू बैंक तथा वित्तीय संस्थाको कर्मचारी भएको बताउँदै केही व्यत्तिहरुले ग्राहक पहिचान सम्बन्धी विवरण (केवाइसी) अद्यावधिक गर्न ग्राहकको मोबाइलमा आउने वान टाइम पासवर्ड (ओटिपी) तथा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज लगायतका विवरण माग्ने गरेको घटना आइरहेका छन् ।
यसरी अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ र कनेक्ट आईपिएस र वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पु¥याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि कुनै पनि परिचित तथा अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्न र नगराउनका लागि राष्ट्र बैंकले सबैलाई यस्तो आग्रह गरेको हो । यसैगरि, राष्ट्र बैंकले कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो घटनाको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन बैंकले आग्रह गरेको छ ।
यसका साथै, भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुले यस्ता गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।