logo

सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा र प्राविधिक सहयोग

    879   पटक पढिएको


१० जेठ/अर्थ र व्यापार – सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिव ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ ।
यसबाहेक ५ लाख बराबरको प्रावधिक सहयोगसमेत प्रदान गर्ने भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि केएफडब्लुले लगानी गर्न लागेको हो।
स्थापनाकालदेखि नै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे सिटिजन्स बैंकलाई केएफडब्लुले ‘एसइडीआरए ’ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्ये बाट चयन गरेको हो।
नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्र्तगत केएफडब्लले नेपाल राष्ट्र बैंकसंगको समझदारीमा नेपालमा सँञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ।

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा सानाउद्यम क्षेत्रको विकाश हुनु पर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको सिटिजन्स बैंकले यी शिर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ ।
यसमध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पू¥याएको विश्वास बैंकले लिएको छ ।
यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न वर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।