logo

सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा र प्राविधिक सहयोग

    720   पटक पढिएको


१० जेठ/अर्थ र व्यापार – सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिव ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ ।
यसबाहेक ५ लाख बराबरको प्रावधिक सहयोगसमेत प्रदान गर्ने भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि केएफडब्लुले लगानी गर्न लागेको हो।
स्थापनाकालदेखि नै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे सिटिजन्स बैंकलाई केएफडब्लुले ‘एसइडीआरए ’ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्ये बाट चयन गरेको हो।
नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्र्तगत केएफडब्लले नेपाल राष्ट्र बैंकसंगको समझदारीमा नेपालमा सँञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ।

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा सानाउद्यम क्षेत्रको विकाश हुनु पर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको सिटिजन्स बैंकले यी शिर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ ।
यसमध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पू¥याएको विश्वास बैंकले लिएको छ ।
यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न वर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।