logo

राष्ट्रिय वाणिज्य र नेपाल बैंकबीच मर्जरको तयारी,बरालको संयोजकत्वमा कार्यदल बन्यो

    719   पटक पढिएको

१७ बैशाख/अर्थ र व्यापार – निजी क्षेत्रका बैंकहरुबीच आपसी मर्जरको लहरसँगै अहिले सरकारी दुईवटा बैंकहरु पनि मर्जरका लागि छलफल अघि बढेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन भएको छ । यी दुई बैंक मर्जरको सम्वन्धमा अर्थमन्त्रालयले विस्तृत अध्ययनका लागि कार्यदल गठन गरेको हो ।

मर्जर सम्वन्धी अध्ययनका विश्लेषण गर्न अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको बुझिएको छ । केही समयदेखि सरकारी दुई बैंकबीच एक आपसमा गाभ्ने भनेर आन्तरिक रुपमा व्यापक छलफल हुँदै आएको थियो । नियामक निकाय नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्रालयमा छलफल भईरहेको थियो ।

यस्तो तयारीको हल्लासँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सार्वजनिक कार्यक्रममा सरकारी बैंकहरु पनि मर्जरमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । गत १० माघमा राष्ट्रिष्य वाणिज्य बैंकको वार्षिकोत्सवको कार्यक्रममै गभर्नर अधिकारीले पछिल्लो समयमा निजी क्षेत्रका बैंकहरुको मर्जरको लहर चलिरहेको र बैंकहरुको व्यावसायिक आकार बढीरहेको भन्दै सरकारी बैंकहरुलाई पनि मर्जरमा जान सुझाव दिएका थिए ।
उनले भनेका थिए, ‘आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि एक आपसमा कुरा गर्न सक्नेछन् ।’ सार्वजनिक कार्यक्रममा नै गर्भनर अधिकारीले सरकारी बैंकहरुले पनि मर्जरको फाइदा र आवश्यकता बुझ्न आवश्यक रहेको औल्याएका थिए । मर्जरपछि बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा व्यवसाय वृद्धि र गुणस्तरीय सेवा प्रवाह हुने उनको भनाई थियो ।
त्यसैले हाल देसको आर्थिक अवस्थालाई दृष्टिगत गर्दै नेपाल र बाणिज्य बैंकले एक आपसमा मर्ज हुने गरि छलफल अघि बढाएका हुन् । यो छलफल अब छिटै टुंगोमा पुग्ने यि दुई बैंकभित्रका कर्मचारीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।