logo

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम,विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घरदैलो

    664   पटक पढिएको


१७ बैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनको रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले आफ्ना सबै शाखा कार्यालयहरु र केन्द्रीयकार्यालयका कर्मचारीहरुका साथ दुईदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार र शनिबार ग्राहकहरुमा वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता,विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको सो बैंकले जनाएको छ ।
बैंकको बृहतवित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु ÷ कलेजहरु,समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो । ‘जनता बैंकमा हैन बैंक जनतामा जानुपर्दछ’ भन्ने मुल नारा बोकेको यस बंैकले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो ।
बैंकले आयोजना गरेको सो कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको सहभागीता रहेको थियो ।
यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रममा बैंकले विधार्थीहरु, जनमानस तथा ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमैमा गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने अपेक्षा गरिएको सो बैंकले जनाएको छ । यसबाट बैंकको नाममात्र नभई बैंकिङ क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने सो बैंकले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
यसैगरी, प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवा र कर्जा सेवाको लागि बैंकको हटलाइन जस्ता सेवाहरु प्रयोग गर्न सो बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।