logo

राष्ट्र बैंकले फेरि वैदेशिक रोजगार बचतपत्र बिक्री खुलायो

    636   पटक पढिएको


१७ बैशाख/अर्थ र व्यापार – वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र पुनः बिक्री खुला गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) देखि ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र–२०८५ निष्काशन गरेको हो ।
यो बचतपत्र खरिदका लागि आगामी २४ जेठसम्म आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले सो बचतपत्रको ब्याजदर ११ प्रतिशत तोकेको छ । गत फागुनमा बिक्रीका लागि खुला गरिएको बचतपत्रको ब्याजदर १२.५० प्रतिशत रहेको थियो।
वैदेशिक रोजगारमिा रहेका नेपाली कामदार र वैदेशिक रोजगारीबाट फर्केको ६ महिना अवधि नपुगेका नेपाली नागरिक र गैरआवासीय नेपालीले आफ्नो परिवारको नाममा सो बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
भारतमा रहेका नेपालीहरूले भने त्यसमा आवेदन गर्न पाउँदैनन् । बचतपत्रको ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ । राष्ट्र बैंकका अनुसार यस बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा माग गरिएको कुल रकममा नबढ्ने गरी १० हजार रुपैयाँले भाग हुने रकममा आवेदन गर्न सकिने बताइएको छ ।
बचतपत्र खरिदका लागि आवेदनकर्ताले आफ्नो राहदानी, भिसाको प्रतिलिपि, विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको सो रकम,जम्मा वा खर्च भएको बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने छ ।
यसैगरि, आवेदकले विदेशमा कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका दुईप्रति फोटो, परिवारका सदस्यका नाममा खरिद गर्ने भए उनीहरूको नागरिकता प्रमाणपत्र, नाबालिगको नाममा भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्छ ।
राष्ट्र बैंकले उच्च महत्व दिएर प्रत्येक वर्ष वैदेशिक रोजगार बचतपत्र बिक्री आह्वान गरेपनि वैदेशिक रोजगारमा रहेका कामदार भने अझै अपेक्षाकृत रुपमा उत्साही नदेखिएको राष्ट्र बैंककै निष्कर्ष छ । त्यसैले यस्तो बचतपत्रमा लगानी गरि राम्रो फाइदा लिन सम्बन्धीत सरकारवालाहरुलाई आग्रह गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।